एमाले अध्यक्ष ओली आज झापा जाँदै

झापा, २९ माघ : 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदैहुनुहुन्छ।

झापाको गौरादह ५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न ओली आज झापा जान लाग्नुभएको हो। ओलीले आज गौरादह ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीले जानकारी दिनुभयो।

अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्ने र भोलि शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। ओली भोलि काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना