सरकारको काम कारबाही प्रभावकारी र जनपक्षीय बनाइने

काठमाडौँ, २९ माघ :

सत्ता साझेदार दल सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारका काम कारवाहीको समीक्षा गर्दै गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संयन्त्रको बैठकमा सहकार्यलाई थप मजबुत बनाउँदै छलफललाई निरन्तरता दिने सहमति भएको हो ।

बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारका कामकारबाहीको समीक्षा गर्दै गठबन्धनको सहकार्यलाई निरन्तरता दिने समझदारी भएको जानकारी दिनुभयो । राप्रपा अध्यक्ष लिङ्देनले बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएपनि राष्ट्रपति चुनावका बारे छलफल नभएको जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी हुनुहुन्थ्यो ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस