एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने

काठमाडौँ, ३ फागुन :

भारतको टाटा ग्रुप अन्तर्गत एअर इण्डियाले फ्रान्सबाट दुई सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो ।

फ्रान्सको जहाज निर्माता कम्पनी एअरबसबाट एकैपटक दुई सय ५० वटा विमान खरिद गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले घोषणा गर्नुभएको छ । भर्चुअल रुपमा भएको घोषणा कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको थियो ।

सम्झौतामा ४० वटा ए–३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुने समाचार संस्था एएनआईले जनाएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा