सांसद भण्डारीकी आमाको निधन

काठमाडौँ, ४ फागुन :

ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

बुधबार राती ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तर औपचारिक घोषणा गर्न बाँकी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते हुनुभएको थियो ।

प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका भण्डारी र उहाँकी ८६ वर्षीया आमालाई सिभिल अस्पताल हुँदै कीर्तिपुर अस्पताल लगेर आइसियुमा उपचार थालिएको थियो।

घटनामा घाइते हुनुभएका सांसद भण्डारीलाई भने थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा