सांसद भण्डारीकी आमाको निधन

काठमाडौँ, ४ फागुन :

ग्यास सिलण्डरबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

बुधबार राती ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएकी भण्डारीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तर औपचारिक घोषणा गर्न बाँकी रहेको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार बेलुकी ग्यास सिलिण्डर विष्फोट हुँदा आमा छोरा जलेर घाइते हुनुभएको थियो ।

प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका भण्डारी र उहाँकी ८६ वर्षीया आमालाई सिभिल अस्पताल हुँदै कीर्तिपुर अस्पताल लगेर आइसियुमा उपचार थालिएको थियो।

घटनामा घाइते हुनुभएका सांसद भण्डारीलाई भने थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस