उपत्यका निर्माण व्यवसायी संघको चुनावका लागि श्रेष्ठको अध्यक्षतामा टिम घोषणा

काठमाडौं, १० फागुन : 

उपत्यका निर्माण व्यवसायी संघको तीन वर्षे कार्यकलका लागि वर्तमान महासचिव शान्ताकुमार श्रेष्ठको अध्यक्षतामा टिम घोषणा गरिएको छ । बुधबार साँझ काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा टिम घोषणा गरिएको हो ।

श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कविन्द्र महर्जन, प्रथम उपाध्यक्षमा बासु खड्का, द्वितीय उपाध्यक्ष टिकारम्म सुवेदी, महासचिवमा ईश्वरराज पन्तले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

त्यस्तै संघको नीतिगत उपमहासचिवमा कृष्ण केसी ९कृष०, आन्तरिक उपमहासचिव एनप्रसाद अधिकारी ९राजु०, कोषाध्यक्षमा रमेश महर्जन र सहकोषाध्यक्षमा संजीव शाक्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । संघको नौ जना सदस्यका उम्मेदवारको नाम भने केही दिनमै घोषणा गरिने अध्यक्षका उम्मेदवार श्रेष्ठले बताउनुभयो ।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले मूल्यवृद्धिका कारण निर्माण कार्यमा भइरहेको समस्या लगायत साना निर्माण व्यवसायीहरूको हकहितका लागि सदैव लागि रहने बताउनुभयो ।

करिब एक हजार पाँच सय सदस्य रहेको संघको यही फागुन १४ गते नवौँ साधारणसभा तथा चुनावी कार्यक्रमको मिति तय भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा