सरकारी कार्यालय शनिबार बाहेकका बिदामा खोल्ने तयारी

काठमाडौं, ११ फागुन : 

सरकारले शनिबार बाहेकका सार्वजनिक बिदाका दिन सरकारी कार्यालय खोल्ने तयरी गरेको छ।

बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो तयारी गरेको हो । बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाहमा प्रभाव परेको भन्दै बैठकमा बिदाको बारेमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

सार्वजनिक बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाह नै प्रभावित हुने देखिएको ति मन्त्रीको भनाइ थियो । त्यसैले कर्मचारीहरूलाई सट्टा बिदा दिएर भए पनि शनिबार बाहेकका सार्वजनिक बिदामा अत्यावश्यक सरकारी कार्यालय खोल्ने बारेका बैठकमा छलफल भएको मन्त्रीले बताए ।

सरकारले संवैधानिक परिषद सम्बन्धी विधेयक संसदमा लैजाने सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले संसदमा लैजाने र त्यसलाई चाँडै नै संसद सचिवालयमा दर्ता गर्ने निर्णय समेत गरेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा