प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने

काठमाडौं, १२ फागुन :

प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण प्रदेश १ मा चट्याङसहित वर्षा हुने जनाएको छ।

वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्। शनिबार र आइतबार समेत प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने गरी मौसमी प्रणालीको विकास भएको महर्जनले बताइन्।

शुक्रबार बिहान भने प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। राति प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनेछ।

शनिबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशखाले जनाएको छ ।

संबन्धित शिर्षकहरु

लगातार ३ दिन घटेकाे शेयर बजार आज सामान्य बढ्याे

राखेपले एन्फामाथिकाे निलम्बन फुकुवा गर्‍याे

बढ्दो बेरुजुप्रति राष्ट्रपतिको चिन्ता, सार्वजनिक निकायलाई जवाफदेही बन्न निर्देशन