अभिनेता पल शाह आज जेल मुक्त हुँदै

काठमाडौं, १५ फागुन :

पोखरा उच्च अदालतबाट नाबालिग यौन दुर्व्यवहारको मुद्दामा सफाई पाएका अभिनेता पल शाह सोमबार कारागारबाट छुट्ने भएका छन् ।

पोखरा उच्च अदालतले शाहलाई आइतबार सफाई दिएकाले शाह सोमबार तनहुँ जिल्ला कारागारबाट छुट्ने भएका हुन् । शाहका कानूनी सल्लाहकार कमलामोहन वाग्लेले सोमबार कार्यालय खुलेपछि शाह जेलमुक्त हुने जानकारी दिनुभएको छ ।

पोखरा उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले आइतबार शाहको मुद्दामा प्रमाण नपुग्ने भन्दै सफाई दिएको थियो । गत वर्ष तनहुँ जिल्ला अदालतले शाहलाई कैद सजाय गर्ने निर्णय गरेकोमा उनी उच्च अदालत गएका थिए ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस