जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्ने

????????????????????????????????????

जनता समाजवादी पार्टी, नेपालले फागुन २५ गते बिहीबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीति लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालय बालकुमारी बस्ने बैठक दिउँसो ३ बजे शुरु हुने छ ।

जसपाले भोलि बिहान सांसदहरूलाई बालकुमारीमा उपस्थित हुन भनेको छ । पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ ।

जसपाका संघीय सांसद १४ र प्रदेश सांसदहरु २२ गरी ३६ सांसदहरु छन् । प्रतिनिधि सभा समानुपातिक तर्फको एक स्थान रिक्त छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा