सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

काठमाडौं, २६ फागुन :

सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बन्नुभएको छ ।

१४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सी तेस्रो कार्यकालका लागि सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको हो ।

सी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित हुनुभएको छ । यसैगरी झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित हुनुभएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी