मन र बिचार मिल्नेसँग गठबन्धन : अध्यक्ष नेपाल

सिन्धुपाल्चोक, ४ चैत : 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन र विचार मिल्नेहरुबीच गठबन्धन हुनसक्ने बताउनुभएको छ ।

मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था सुधार्न विचार मिल्ने पार्टीबीच एकता हुने बताउनुभयो ।

उहाँले आफ्नो गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो गल्ती महसुस नहुने, आफ्नो गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उहाँले भन्नुभयो ।

उहाँले गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीहरुबीच अहिलेको गठबन्धन बनेको बताउनुभयो । “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धन दलमा आबद्ध दलहरूको साझा एजेन्डा हो”,उहाँले भन्नुभयो ।

उहाँले अझै पनि नेपालमा कम्युनिष्टहरू लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्टहरू एक हुनुपर्नेमा पनि जोड दिनुभयो ।

जिल्ला सचिव विनोद खनालले यो जिल्ला अधिवेशन पार्टीको देशभरमा पहिलो अधिवेशन रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायत सहभागी हुनुहुन्छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा