आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, ७ चैत :

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ ।

यस्तै, आज राति पनि केही ठाउँमा हावाहुरीसहित मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण केही दिनदेखि देशका धेरैजसो ठाउँमा पानी परिरहेको छ ।

गएराति पनि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेको थियो । लगातारजसो मौसम बदली भइ पानी परिरहेकाले चिसो भएको छ । भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्ने जाने मौसमविद्ले बताएका छन् ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा