अर्जेन्टिनाले पानमालाई हरायो

काठमाडौं, १० चैत :

विश्व च्याम्पियन अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानमालाई हराएको छ ।

शुक्रबार बिहान ब्युनर्स आयर्समा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले पानमालाई २–० ले हराएको हो ।

खेलको ७८औं मिनेटमा थिएगो अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । त्यसपछि ८९ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई २–० ले जित दिलाए ।

यो गोलसँगै मेस्सीले व्यवसायिक खेल करिअरमा ८ सय गोल पूरा गरेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ८३० गोल गरेका छन् ।

कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा