विराट गोल्डकपः एपिएफ विजयी

मोरङ, १२ चैत :

विराटनगरको सहिद रङ्गशालामा भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा अन्तर्गत शनिबार रातिको खेलमा साविक विजेता एपिएफ क्लब विजयी भएको छ । उक्त खेलमा एपिएफले भुटानको ड्रुक लुयल फुटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयसम्म एक–एक गोलको बराबरीमा रहेको खेलमा एपिएफले दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोली गरी २–१ को अग्रता बनाउँदै विजयी भएको हो ।

खेलमा निर्णायक गोल गरेका बेडुम प्लेयर अफ दि म्याच हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार प्राप्त गर्ने छन् भने उपविजेता टिमले रु १० लाख २५ हजार नगद राशि प्राप्त गर्ने छ । (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस