सत्ता साझेदार १० दलको बैठक निष्कर्षविहीन

काठमाडौं, १५ चैत : 

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी सत्ता साझेदार १० दलको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदा र मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन बुधबार बिहान भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको दश दलीय सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको हो ।

बैठकमा सहमति जुट्न नसकेपछि बेलुका ३ बजे बस्नेगरी नेताहरू बालुवाटारबाट बाहिरिनुभएको छ ।

मंगलबार साँझ भएको लामो छलफल पनि निष्कर्षविहीन भएपछि बुधबार बिहान १० दलका नेता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा हुनुभएको थियो।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस