‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं, २४ चैत : 

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछन् ।

च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।

मनाङ चौंथो जित तथा फ्रेन्ड्स दोस्रो जितको खोजीमा रहने छ ।

मनाङ ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स भने ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

यस्तै एन्फा कम्प्लेक्समा दिउँसो २ बजे नै एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खुमलटार तेस्रो तथा जावलाखेल पाँचौं जितको खोजीमा रहेका छन् । खुमलटार ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । जावलाखेल १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस