थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, २६ चैत :

पछिल्लो २४ घण्टामा देशभर ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरेर एक हजार दुई सय १६ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ११ जना सङ्क्रमित निको भएका छन् । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले बढिरहेको कोरोना सङ्क्रमणलाई मध्यनजर गरेर अस्पतालहरूलाई अवस्थाअनुसार सेवा विस्तार गर्न निर्देशन दिएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस