नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक : अध्यक्ष नेपाल

sf7df8f}F, @* r}t M k|yd dxflwj]zg ;df/f]xdf cWoIf g]kfn g]skf -PsLs[t ;dfhjfbL _ sf cWoIf dfwjs'df/ g]kfn dªunaf/ sf]6]Zj/df k|ultzLn g]kfn /fli6«o lzIfs ;ªu7gsf] k|yd dxflwj]zg ;df/f]xdf dGtJo /fVg'x'Fb} . tl:a/M xl//fd e]6'jfn÷/f;;

काठमाडौं, २८ चैत : 

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभएको छ । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी अध्यक्ष नेपालले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने भनाइ राख्नुभयो ।

उहाँले दश जोड दुईसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले आजकल नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले शैक्षिक प्रणाली सुधार्ने कर्तव्य शिक्षकको रहेको भन्दै आफ्नो विद्यालयमा शिक्षकले राम्रो पढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सङ्गठनका अध्यक्ष भीमबहादुर बस्नेतले शिक्षालाई श्रम र सीपसँग जोड्नुपर्ने बताउनुभयो । महाधिवेशनमा देशभरिबाट तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुनुभएको छ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।रासस

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस