ए डिभिजन लिग : जावलाखेलद्धारा मनाङ पराजित, मछिन्द्र र एनआरटी बराबरीमा

काठमाडौं, २ बैशाख :   

शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ ।

च्यासल मैदानमा भएको खेलमा जावलाखेलले मनाङलाई ३–० गोलले हराएको हो । उसका एनकोटे मोसाबीले २ र फोडे फोफानाले १ गोल गरे । जितसँगै जावलाखेल १७ अंकसहित शीर्ष स्थानमा छ भने १५ अंक रहेको मनाङ तेस्रो स्थानमा छ ।

आजै दशरथ रंगशालामा भएको खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीले १–१ गोलको बराबरी खेलेका छन् । मछिन्द्रका नुरेन करिम र एनआरटीका स्टेफिन जुनियरले गोल गरे ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस