‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं, ६ बैशाख :  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

एपीएफ र मछिन्द्र दुवै चौथो जितको खोजीमा हुनेछन् । एपीएफ ९ अंकका साथ ११ औं स्थानमा रहँदा मछिन्द्र १३ अंक जोडेर आठौं स्थानमा छ । रंगशालामै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लब भिड्नेछन् । यो खेल साँझ ६ बजे सुरु हुनेछ । फ्रेन्ड्स तेस्रो तथा संकटा पाँचौं चौथो जितको खोजीमा हुनेछन् ।

फ्रेन्ड्स ८ अंकका साथ १३ औं स्थानमा रहँदा संकटा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ । यस्तै, ललितपुरको च्यासल मैदानमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ । पुलिस दोस्रो तथा जावलाखेल छैटौं जितको खोजीमा हुनेछन् ।

पुलिसले ५ अंकका साथ पुछारमा रहँदा जावलाखेल १७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस