अफ्गानिस्तानमा आइएस विद्रोहीका मूख्य नेता मारिएको दाबी

काठमाडौं, १३ बैशाख :  सन् २०२१ मा काबुल विमानस्थलमा भएको घातक आत्मघाती बम बिस्फोटका योजनाकार इस्लामिक अतिबादी संगठन (आइएस) का वरिष्ठ नेता मारिएको दाबी गरिएको छ ।

अफ्गानिस्तानको सत्तारुढ तालिवान नेतृत्वले यही अप्रिलको सुरूमा चलाएको आइएस विरुद्धको कारबाहीमा आइएसका वरिष्ठ कमाण्डर मारिएको दाबी अमेरिकी अधिकारीहरुको दाबी छ ।

यद्दपी मारिएको भनिएका आइएस नेताको नाम भने सार्वजनिक गरिएको छैन । दुई वर्ष अघि काबुल विमानस्थलमा भएको बम आक्रमणमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

त्यसको प्रतिकार स्वरुप अमेरिकाको गोप्य सुचनाको आधारमा तालिवानले आइएस विरुद्ध कारबाही गरेको बताईएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस