आईपीएल क्रिकेट : मुम्बईद्धारा पञ्जाब ६ विकेटले पराजित

काठमाडौँ, २१ बैशाख :

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले हराएको छ । जितका लागि २ सय १५ रनको लक्ष्य पछ्याएको मुम्बईले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

मुम्बईको जितमा ईशान किशनले सर्वाधिक ७५ रन बनाए । सूर्यकुमार यादव ६६ रनमा आउट भए । पञ्जाबका नाथन एलिसले २ तथा ऋषि धवन र अर्शदीप सिंहले समान १/१ विकेट लिए । त्यसअघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो ।

पञ्जाबका लियाम लिभिङस्टोनले ८२ रनको अविजित पारी खेले पनि टोलीको हार टार्न सकेनन् । त्यस्तै जितेश शर्मा ४९ रनमा अविजित रहे । मुम्बईका पीयूष चावलाले २ र अर्शद खानले १ विकेट लिए । मुम्बई ९ खेलमा ५ मा जित र ४ मा हारसहित छैटौँ स्थानमा छ ।

पञ्जाब १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अङ्ककासाथ सातौँ स्थानमा छ । हिजो भएको पहिलो खेल वर्षाले प्रभावित हुँदा लखनउ र चेन्नईले अङ्क बाँडेका थिए ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा