‘ए’ डिभिजन लिग : खुमलटार र जावलाखेल तथा पुलिस र हिमालयन भिड्दै

काठमाडौं, २२ बैशाख :

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार दुई खेल हुँदैछ ।

एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुने खेलमा जावलाखेल युथ क्लबले एफसी खुमलटारसँग खेल्नेछ ।

जावलाखेल आठौं तथा खुमलटार पाँचौं जितको योजनामा हुनेछ । जावलाखेल २४ अंक जोडेर शीर्ष स्थानमा रहँदा खुमलटार १४ अंक जोडेर पुछारमा रहेको छ ।

यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच दिउँसो ४ बजे सुरु हुनेछ ।

पुलिस र हिमालयन दुवै पाँचौं जित निकाल्ने योजनामा हुनेछन् । पुलिस १५ अंक जोडेर १२ औं स्थानमा रहँदा हिमालयन १७ अंक जोडेर दशौं स्थानमा रहेको छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी