देशभर  थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ बैशाख : 

देशभर थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो ।

७ सय १६ जनाको पीसीआर र १ हजार २ सय १५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस