‘ए’ डिभिजन लिग : एपीएफ र आर्मी तथा मछिन्द्र र चर्च ब्वाईज भिड्दै

काठमाडौं, २७ बैशाख :

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी १५ खेलमा २० अंकसहित तालिकाको छैटौं स्थानमा छ भने एपिएफ १९ अंकसहित ११ औं स्थानमा छ ।

यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिडनेछन् ।

बुधबारको खेल जित्दै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा फर्कन चाहन्छ । लिगमा १५ खेलबाट २७ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ । शीर्ष स्थानको जावलाखेल युथ क्लबको पनि समान २७ अंक नैं छ । २४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको साबिक विजेता मच्छिन्द्र पनि आजको खेल जित्दै उपाधि होडमा फर्कन चाहन्छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस