पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ बैशाख : 

पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले १६ सय ३० जनाको नमुना परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

बिहीबार ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रिमतको संख्या १ सय २० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस