एसी मिलानलाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, ३ जेठ :

इन्टर मिलान यूईएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानलाई १–० गोलले हराउँदै समग्रमा ३–० गोलको जितसहित इन्टर मिलान उपाधि नजिक पुगेको हो ।

एसी मिलानको मैदान सान सिरोमा गएराति भएको खेलमा इन्टर मिलानका लाउटारो मार्टिनेजले खेलको ७४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

पहिलो लेगमा इन्टर मिलान २–० ले विजयी भएको थियो । इन्टर मिलानले उपाधिका लागि म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ ।

म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको दोस्रो लेग आज राति हुँदैछ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी