आईपीएल क्रिकेटमा लखनउको रोमाञ्चक जित 

काठमाडौं, ३ जेठ :

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ५ रनले हराएको छ ।

गएराति लखनउमा भएको रोमान्चक खेलमा मुम्बईलाई हराएको लखनउले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

जितका लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।

मुम्बईका ईशान किशनले सर्वाधिक ५९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । कप्तान रोहित शर्माले ३७ रन जोडे ।

मुम्बईलाई अन्तिम ६ बलमा जितका लागि ११ रन चाहिएको थियो । तर लखनउका मोहसिन खानले पाँच रन मात्रै दिएपछि लखनउ विजयी भयो ।

लखनउका रवि विश्रोई र यश ठाकुरले समान २र२ विकेट लिए । मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।

लखनउका मार्कुस स्टोइनिस सर्वाधिक ८९ रनमा अविजित रहे । कप्तान क्रुनाल पान्ड्या ४९ रनमा रिटायर्ड आउट भएका थिए ।

मुम्बईका जेसन बेहर्नडोर्फले २ विकेट लिए । पियुष चवालाले १ विकेट लिए । जितसँगै लखनउ १३ खेलमा १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।

समान १३ खेलमा मुम्बई १४ अङ्कका साथ चौथो स्थानमा छ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी