काठमाडौं, ३ जेठ :
सुनको भाउ आज तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ।
आज सुनको भाउ तोलामा एक लाख १० हजार रुपैयाँमा झरेको छ । हिजो तोलाको एक लाख एघार हजार एक सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।





