नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा

काठमाडौं, ३ जेठ : 

नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको फैसलाविरुद्ध नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो।

टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस