युगकवि श्रेष्ठको ११२औँ जन्मजयन्ती

काठमाडौं, ८ जेठ :

आजदेखि युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्ती मनाइँदै छ । त्यस अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँको न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइँला, प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राई, काठमाडौँ क्षेत्र नं ८ का सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, नेपाली साहित्य क्षेत्रका विभिन्न व्यक्तित्वलगायतको उपस्थिति रहेको थियो ।
गुठीका अध्यक्ष सुवर्ण शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री किरातीले १९९७ सालमा युगकविले क्रान्तिविना शान्ति हँुदैन भन्ने कविता लेखेबापत १८ वर्ष जेलजीवन बिताउनुभएको उल्लेख गर्नुभयो । नेपाली राजनीतिमा परिवर्तन ल्याउन उहाँको भूमिकाको कदर गर्न अझै कमी भएको मन्त्री किरातीको भनाइ थियो ।
“युगकवि जस्तै आजको युगले अर्को साहित्यकार मागिरहेको छ”। उहाँले भन्नुभयो ।  युगकवि श्रेष्ठको जन्म १९९७ जेठ ९ गते भए पनि उहाँको जन्मजयन्तीलाई आजदेखि तीन दिनसम्म मनाइँदै छ । (रासस)

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस