अमेरिकी रक्षामन्त्रीले भारतसहित चार राष्ट्रको भ्रमण गर्ने

काठमाडौं, १३ जेठ :

अमेरिकी रक्षामन्त्री लोयड जे अस्टिन तृतीयले आगामी सातादेखि भारतसहित चार राष्ट्रको भ्रमण गर्ने भएका छन् ।

अमेरिका र भारतले अमेरिका–भारत प्रमुख रक्षा साझेदारीलाई आधुनिकीकरण गर्ने क्रम जारी राख्ने क्रममा अस्टिनले रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरूसँग भेटवार्ता गर्ने बताइएको छ ।

यो भ्रमणले नयाँ रक्षा नवप्रवर्तन र औद्योगिक सहयोग पहललाई गति दिने र संयुक्त राज्य अमेरिका र भारतीय सेनाबीच सैन्य परिचालन सहयोग विस्तार गर्न जारी प्रयासहरूलाई गति दिने बताइएको छ ।

भारत आउनुपूर्व अमेरिकी रक्षामन्त्री अस्टिनले जापानको भ्रमण गर्ने कार्यक्रम छ । त्यसपछि रक्षामन्त्री अस्टिन सिंगापुर जाने कार्यक्रम छ । सिङ्गापुरको भ्रमण सकेर अस्टिन भारत भ्रमण गर्नेछन् ।

भारत भ्रमणपछि अस्टिनले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

 

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस