प्रधानमन्त्री प्रचण्ड आज खप्तड जानुहुँदै

काठमाडौं, २३ जेठ :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार पर्यटकीय स्थल खप्तड जाँदै हुनुहुन्छ ।

खप्तडमा मंगलबार देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड प्रस्थान गर्नु भएको हो ।

प्रधानमन्त्री दाहाल मंगलबार बिहान प्रस्थान गर्नुभएको सचिवालयले जनाएको छ । सो सम्मेलनमा विश्व प्रसिद्ध योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

सम्मेलनमा योगा, सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायत प्रस्तुत गरिनेछ ।

 

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी