स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्कियो

काठमाडौं, ३० जेठ : स्पेस एक्सको रकेट अन्तरिक्षमा स्याटेलाइट छाडेर साढे आठ मिनेटमै पृथ्वीमा फर्किएको छ । फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेर आठ मिनेट ३० सेकेण्डमै पृथ्वीमा फर्किएको कम्पनीले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

अमेरिकी अर्बपति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सको रकेट फाल्कोन बुस्टरको यस वर्ष यो ९औँ प्रक्षेपण र अवतरण हो । रकेटको माथिल्लो भागमा रहेको स्टारलिङ्कका ५२ वटा स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा छाडिएको द टाइम्स अफ इण्डियाले जनाएको छ ।

स्पेस एक्सले अन्तरिक्षमा राखेका झण्डै साढे ४ हजार स्याटेलाइटमध्ये अहिले ४ हजार २ सय वटा सञ्चालनमा रहेका छन् । स्पेस एक्सले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति मागेको छ भने १२ हजारवटाका लागि पाइसकेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा