साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

काठमाडौं, १२ असार : १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे ।

आज जिते पनि यसअघिका दुवै खेल हारेको नेपाल समूह चरणबाटै बाहिरिइसकेको छ । पाकिस्तान पनि प्रतियाेगिताबाट बाहिरिएको छ । साविक उपविजेता नेपाल पहिलो खेलमा कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । समूह ‘ए’ बाट कुवेत शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् ।

आज हुने कुवेत र भारतबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना