काठमाण्डाैमा मिटरब्याज पीडितकाे प्रदर्शन : एमाले, रास्वपा र राप्रपाले कानुन पारित हुन नदिएकाे आराेप

काठमाडौं, २४ असार : मिटरब्याजीलाई कारबाही गर्ने कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । आइतवार काठमाण्डाैकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितले प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले गएकाे वैशाख २० गते ल्याएको मुलुकी संहीतासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ । संविधानअनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानुन निष्क्रिय भएसँगै मिटरब्याज पीडितले कानुन पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

मिटरब्याज पीडित रेखा साहले तीन वटा पार्टी मिलेर मिटरब्याजविरुद्धकाे कानुन पारित हुन नदिएको आरोप लगाउनुभयो । उहाँले संसदबाट मिटरब्याजविरुद्धको कानुन पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मिलेर कानुन पारित हुन नदिएको आरोप लगाउनुभयो ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी