राष्ट्रिय भलिबल क्लब लिग : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

काठमाडौं, ३० असार : सातौँ प्रधानमन्त्री कप एनभीए भलिबल क्लब लिगको पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबले जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

पहिलो सेट हेल्प नेपालले जितेकोमा दोस्रो सेट भने फराकिलो अन्तरले गुमायो । तर तेस्रो सेट जित्दै हेल्प नेपाल च्याम्पियन बन्यो । हेल्प नेपालको जितमा पाकिस्तानी खेलाडी माजहर अली नायक बने । यस्तै, महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । उषा भण्डारी प्लेयर अफ दि म्याच घोषित भइन् ।

लिग चरणमा पुलिसले सबै खेल जितेर फाइनल पुगेको थियो । पुरुषतर्फको उपाधि विजेता हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस क्लबले ६ लाख रुपैयाँका दरले पुरस्कार पाएका छन् । पुरुषतर्फको उपविजेता पुलिस क्लब र महिलातर्फको उपविजेता एपीएफले समान ३/३ लाख रुपैयाँका दरले पुरस्कार पाए ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी