रुस–युक्रेन युद्ध एक दिनमा समाप्त गर्ने ट्रम्पको दाबी

President Donald Trump

काठमाडौं, ३ साउन : अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफू पुनः सत्तामा आए रुस–युक्रेन युद्ध एक दिनमा समाप्त पारिदिने दाबी गर्नुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग आफ्नो गहिरो सम्बन्ध रहेको भन्दै ट्रम्पले एक वर्ष भन्दा लामो समयदेखि चलिरहेको युद्ध एक दिनमा समाप्त पार्ने दाबी गर्नुभएको हो ।

आफू सत्तामा आए पुटिनलाई युद्ध रोक्न लगाउने र युद्ध नरोक युक्रेनलाई अमेरिकाले अहिलेसम्म नदिएको सहयोग दिने चेतावनी दिने पनि ट्रम्पको भनाइ छ । ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई युद्ध रोक्न मनाउन त्यस्तै स्मार्ट मान्छेहरु परिचालन गर्नुपर्ने बताउनुभयो ।

फ्रेञ्च राष्ट्रपति म्यानुएल म्याक्रों पनि निकै स्मार्ट रहेको भन्दै ट्रम्पले अमेरिकाको अहिलेको नेतृत्वलाई कसको के क्षमता हो भन्ने थाहा नभएको आरोप पनि लगाउनुभयो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा