पाँचौँ दिन पनि बढेर नेप्से २१ सय ६५ विन्दुमा, ३ अर्ब ३४ करोड रुपैयाँको कारोबार

काठमाडौं, ३ साउन : लगातार पाँचौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ विन्दुमा पुगेको छ । बैंकिङ, विकास बैंक, उत्पादन, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ ।

अरू समूहको शेयर भने ओरालो लागेको छ । आज सबैजसो बैंकको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै वीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । आज दुई सय ६० वटा कम्पनीका ८६ लाख ७४ हजार कित्ता शेयर कारोबार भएका छन् ।

५१ हजार चार सय पटक भएका कारोबारबाट तीन अर्ब ३४ करोड ८६ लाख रुपैयाँको शेयर खरिद/बिक्री भएको छ । सबैभन्दा धेरै युनाइटेड अजोड इन्सुरेन्सको २३ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस