अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको गोप्य दस्तावेज सम्बन्धी सुनुवाइ अर्को वर्ष मे मा हुने

काठमाडौं, ६ साउन :

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दामा अर्को वर्ष मात्रै सुनुवाइ सुरु हुने भएको छ । यो मुद्दाको सुनुवाई सन् २०२४ को मे महिनामा हुने भएको छ ।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले अर्को वर्ष मे २० तारिखदेखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिनुभएको बीबीसीले जनाएको छ । अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए । तर ट्रम्पका प्रतिरक्षा वकिलहरूले अमेरिकामा अर्को वर्ष नोभेम्बरमा हुने राष्ट्रपति चुनावपछि मात्रै यो मुद्दा अगाडि बढाउन अनुरोध गरेका थिए ।

७७ वर्षीय ट्रम्प आउँदो वर्ष हुने चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदको दाबेदार हुनुहुन्छ । तर गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दाको सुनुवाई चुनावी अभियानको शिखरमा हुने गरी तय भएको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा