प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता

काठमाडौं, ९ साउन :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता भएको छ ।

राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा सोमवार भएको भेटमा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विश्व खाद्य कार्यक्रमले नेपालमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।

सोमवार प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसबीच पनि भेटवार्ता भएको थियो ।

 

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा