कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक आज सकिंदै

काठमाडौं, १० साउन : नेपाली कांग्रेसको केन्दिय कार्यसमितिको बैठक बुधबार सकिंदैछ । साउन २ गतेदेखि चलेको बैठकको निर्णय लेखनमा भने नेताहरुबीच गलफत्ती चलिरहेको छ ।

मंगलबार बसेको बैठकले निर्णय लेखनमा सहमति जुटाउन नसकेपछि बुधबार फेरी पदाधिकारी बैठक बसेर निर्णयलाई अन्तिम रुप दिने तयारी गरिएको छ । पदाधिकारी बैठकले तयार पारेको निर्णय दिउँसो ४ बजे बस्ने केन्द्रिय कार्यसमितिको बठकले पारित गर्नेछ ।

कांग्रेसले आगामि मंसिरमा नीति महाधिवेशन गर्ने विषयमा भने समझदारी जुटाएको छ । पार्टी महाधिवेशनको ६ महिनाभित्र गर्नुपर्ने नीति महाधिवेशन डेढ वर्षसम्म पनि हुन सकेको थिएन । महामन्त्री गगन थापाले प्रस्तुत गरेको एक वर्षे कार्यायोजना र २०८२ सालभित्रै पार्टीको १५ औं महाधिवेशन गर्ने प्रस्तावबारे नेताहरुबिच सहमति जुट्न सकेको छैन ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस