चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै माइती घरमा प्रदर्शन

काठमाडौं, ३० साउन : 

चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गरेको छ ।ऐन परिमार्जनको माग गर्दै समितिले शनिबारदेखि काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको छ । यसैक्रममा आज पनि माइतीघर मण्डलामा चिकित्सा शिक्षा ऐन परिमार्जनको माग गर्दै पदाधिकारीहरूले धर्ना दिएका थिए ।

चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म धर्ना दिँदै आइरहेको छ ।

सो समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको पुनः संरचना गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरूको तत्काल भर्ना खोल्नुपर्ने, चिकित्सा शिक्षा आयोग र सिटिइभिटीका कारण बन्द भएका नर्सिङ कलेजहरूमा तत्काल भर्ना खोल्न र कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिँदै आएको फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका केन्द्रीय सदस्य एवं द हिमाल इन्स्टिच्युट अफ हेल्थ एण्ड टेक्निकल साइन्स प्रा.लि. वीरगन्जका निर्देशक डा विनोदप्रसाद यादवले बताउनुभयो ।

संबन्धित शिर्षकहरु

युक्रेनको किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी

महिला च्याम्पिनसिपमा नेपालले आज भुटानसँग खेल्दै

गर्मी बढ्दै, केही ठाउँमा पानी पर्ने सम्भावना