डेङ्गी सङ्क्रमणबाट वालिङमा एक जनाकाे ज्यान गयाे

काठमाडौं, १७ भाद्र : डेङ्गी सङ्क्रमणबाट स्याङ्जामा एक जनाको ज्यान गएको छ । डेङ्गी सङ्क्रमणबाट वालिङ नगरपालिका–१३ का ४४ वर्षीय पुरुषको उपचारका क्रममा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पताल पोखरामा ज्यान गएको वालिङका स्वास्थ्य प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

गएको हप्ता वालिङकाे गह्राैँ प्राथमिक अस्पतालमा गरिएको परीक्षणमा चार जनामा डेङ्गी सङ्क्रमण देखिएकाे थियाे । उपचारका लागि आएका बिरामीहरूको रगत परीक्षण गर्दा डेङ्गी सङ्क्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. सुरज ढकालले बताउनुभयो । सङ्क्रमण पुष्टि भएका र उपचाररत रहेका अन्य बिरामीहरू वालिङ नगरपालिका–८ र १४ का हुन् ।

यसैबीच डेङ्गी सङ्क्रमित वालिङकी ११ महिनाकी बालिकाकाे पाल्पामा उपचारका क्रममा ज्यान गएकाे छ । वालिङ–११ गहतेकी बालिकाको उपचारका क्रममा ज्यान गएको पाल्पा जिल्ला अस्पतालले जनाएको छ । योसँगै स्याङ्जामा डेङ्गीका कारण ज्यान जानेको सङ्ख्या दुई पुगेको छ ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा