कोशी सरकारको वैधानिकता विवादमा आज फैसला हुने

काठमाडौं, २१ भाद्र : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको वैधानिकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाई हुदैछ । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा बिहीबार रीट निवेदक पक्षले जवाफी वहस गर्ने छन् ।

रीट निवेदक पक्षको जवाफी वहसपछि बिहीबार नै फैसला आउन सक्ने संभावना रहेको छ । मूख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाध्यक्षको पनि मत प्रयोग गरेको भन्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिकम्त कार्कीले सर्वोच्चमा रीट हाल्नु भएको हो ।

संबन्धित शिर्षकहरु

भूकम्पपछि भेनेजुएलामा मानवीय सङ्कट गहिरिँदै गएको राष्ट्रसंघको भनाइ

अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा