गाजा क्षेत्र बालबालिकाका लागि चिहान बन्यो– गुटेरेस

काठमाडौं, २१ कार्तिक : संयुक्त राष्ट्रसंघले इजरायली हमलाका कारण गाजा क्षेत्र बालबालिकाको चिहान बनेको दाबी गरेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजापट्टीमा भइरहेको इजरायली हमलाका कारण उक्त क्षेत्र बालबालिकाको चिहान बन्दै गएको बताउनुभएको हो ।

मानवीय दृष्टीकोणले युद्धविराम अति जरुरी भन्दै गुटरेसले गाजापट्टीमा इजरायली हवाइ आक्रमणले पछिल्लो समय भयानक रुपमा सर्वसाधारणको हत्या भइरहेको बताउनु भएको हो । मानवीय युद्धविरामका लागि विश्वका कयौं मुलुकहरुले गरेको अपील इजरायलले अस्वीकार गर्दै आएको छ ।

इजरायलले गाजापट्टीमा हमासको अखडामा हवाइ र स्थलगत आक्रमण जारी राख्दा अहिलेसम्म १० हजार बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । मारिनेमा ४ हजार १ सयभन्दा बढी बालबालिका रहेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयको दावी छ ।

संबन्धित शिर्षकहरु

आज पनि सुनको भाउ घट्यो

पर्सि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना : बढ्दो गर्मीबाट केही राहत पुग्ने

इबोला भाइरसविरुद्धको खोप विकास गरेको रुसको दाबी