काठमाडौं, २४ मंसिर : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । खेल दुबईमा बिहान सवा ११ बजे हुनेछ । पहिलाे खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएकाे थियाे ।
नेपालले अब अर्काे खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ । यस्तै, आजै हुने अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । भारतले पहिलाे खेलमा अफगानिस्तानलाई पराजित गरेकाे थियाे। याे प्रतियाेगिताकाे सेमिफाइनल खेल मङ्सिर २९ गते हुनेछ ।
सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् । सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ । याे प्रतियाेगिताकाे सबै खेलको लाइभ एसीसीकाे युट्युब च्यानलमा हेर्न सकिनेछ ।





