प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

काठमाडौं, १२ पौष : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन् । आज बिहान भएको खेलमा सिटीले एभर्टनलाई, चेल्सीले क्रिस्टल प्यालेसलाई र उल्भ्सले ब्रेन्टफोर्डलाई हरायो ।

साविक विजेता टोली सिटीले एभर्टनलाई ३–१ गोलले हराएको छ । जितसँगै सिटी १८ खेलमा ३७ अंककासाथ तालिकाको चौथो स्थानमा छ । अर्को खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो । जितसँगै चेल्सी १९ खेलमा २५ अंककासाथ तालिकाको दशौँ स्थानमा छ । त्यस्तै, उल्भ्सले ब्रेन्टफोर्डलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो ।

उल्भ्स १९ खेलमा २५ अंककासाथ ११औँ स्थानमा छ । अंकतालिकामा शीर्ष स्थानमा रहेको लिभरपुलको १९ खेलमा ४२ अंक, दोस्रो स्थानमा रहेको आर्सनलको १८ खेलमा ४० अंक र तेस्रो स्थानमा रहेको एस्टनभिल्लाको १९ खेलमा ३९ अंक छ । प्रिमियर लिगमा आज राति ब्राइटन र टोटनहम तथा आर्सनल र वेस्टह्यामबीच खेल हुनेछ । वेस्टह्यामलाई हराउन सकेमा आर्सनल शीर्ष स्थानमा फर्कनेछ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस