राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि उम्मेदवारमाथिको उजुरीमा छानबिन हुने

काठमाडौँ, २५ पौष : राष्ट्रिय सभा सदस्य चुनावका लागि आज र भोलि दाबीविरोध र उजुरीमा छानबिन हुँदैछ । अस्ति मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध हिजो परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन हुने निर्वाचन आयोगले जनाएको छ ।

अस्ति ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए । तीमध्ये दुई जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णुबहादुर विकविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

भट्टविरुद्ध अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा विकविरुद्ध प्रतिनिधि सभा सदस्यको बन्दसूचीमा नाम भएको उजुरी परेको छ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आउँदो माघ ११ गते मतदान हुनेछ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष मतदाता रहेका छन् ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस