प्रिमियर लिगमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हरायो

काठमाडौं, २२ फागुन : इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पुछारको सेफिल्ड युनाइटेडलाई ६ गोलले हराएको छ । गएराति भएको खेलमा तेस्रो स्थानमा रहेको आर्सनलले सेफिल्ड युनाइटेडलाई फराकिलो गोल अन्तरले हराएको हो । आर्सनलका लागि खेलको ५ औँ मिनेटमै मार्टीन ओडीगार्डले गोल गरेर अग्रता बनाएका थिए ।

त्यसपछि खेलको १३ औँ मिनेटमा जेडेन बोग्लेले आत्मघाती गोल गरे । त्यस्तै १५ औँ मिनेटमा गाव्रील मार्टीनेलीले, २५ औँ मिनेटमा कइ हार्भजले, ३९ औँ मिनेटमा डेक्लन राइसले एक/एक गोल थपे । खेलको ५८ औँ मिनेटमा बेन ह्वाइटले गोल थपे । जितसँगै आर्सनल २७ खेलमा ६१ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ । २७ खेलमा ६३ अङ्क रहेको लिभरपुल शीर्ष र म्यानचेस्टर सिटी ६२ अङ्कसहित दोस्रो स्थानमा छ । समान २७ खेलमा १३ अङ्क रहेको सेफिल्ड पुछारमा छ ।

संबन्धित शिर्षकहरु

आज सुनचाँदीको भाउ बढ्यो

वर्षा, हावाहुरी र चट्याङको जोखिम रहेकाले सावधानी अपनाउन प्राधिकरणको आग्रह

शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस